Sagun Khabar
मेलौलीका वडा अध्यक्ष भट्टले मागे माफी : काममा फर्किए कर्मचारी

 बैतडी–बैतडीको मेलौली नगरपालिकाका कर्मचारी काममा फर्किएका छन् । बिहीबारदेखि आन्दोलनमा उत्रेका कर्मचारीहरु काममा फर्किएका हुन् । बिहीबार दिउँसो नगरपालिकाको जिन्सी शाखामा कार्यरत सहायक पाचौैं चक्रमणी जोशीमाथि मेलौली नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्टले हातपात गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका थिए । 

वडाको सिफारिश बिना वडाको बजेट खर्चेको भन्दै वडा अध्यक्षले हातपात गरेका थिए । बिहीबारदेखि आन्दोलनमा उत्रेका कर्मचारीहरु आजदेखि काममा फर्किएका मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए । 

Atrya hospital

Melauli-1719658392.jpg
 

मेलौली नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्टले बिहीबारको आत्मआलोचनासहित क्षमायाचना व्यक्त गरेका छन् । शनिबार एक विज्ञप्ती जारी गर्दै वडा अध्यक्ष भट्टले बिहीबारको घटनाका क्रममा भएको दुव्र्यवहार र बोलिएका अपशब्दका बारेमा आत्मआलोचित भइ क्षमायाचना व्यक्त गरेको उल्लेख गरेका छन् । 

Lokraj-1719658434.jpg
 

यस्तै नगर प्रमुख भीमबहादुर चन्दले पनि एक विज्ञप्ती जारी गर्दै बिहीबारको घटनामा वडा अध्यक्षले सार्वजनिक रुपमा क्षमायाचना व्यक्त गरिसकेकाले आगामी दिनमा कर्मचारीहरुको सुरक्षाका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । 

Bhim-1719658462.jpg
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update