Sagun Khabar
धौलीगंगाको बाँध खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

दार्चुला –भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्राचार गर्दै असार १५ गते बिहान ६ बजेदेखि असार १६ बेलुका ६ बजेसम्म बाँध  खोल्ने जानकारी दिएको हो । 

बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन जिल्ला जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । 

Atrya hospital

बाँध खोलेपछि पानीको सतह घटबढ भइराख्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । 

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

२ सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्व सूचना गराउन थालेपछि पूर्व सतर्कता अपनाउन सहज भएको छ ।

Badh-1719577831.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update