Sagun Khabar
कर्मचारीमाथि हातपात गरेको छैन् : वडा अध्यक्ष भट्ट 

बैतडी–बैतडीको मेलौली नगरपालिका ९ का वडा अध्यक्ष लोकराज भट्टले आफूले कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै वडा अध्यक्ष भट्टले वडाबाट भएका सिफारिशहरुको कार्यान्वयनका बिषयमा छलफल गर्दा जिन्सी शाखामा कार्यरत नायब सुब्बा चक्रमणी जोशीले बिषयान्तर गरेको उल्लेख छ । 

बिषयवस्तुको गम्भीयर्तालाई नबुझेर अन्य कर्मचारी समेत आन्दोलित हुनु निकै दुर्भाग्यको बिषय भएको वडा अध्यक्ष भट्टले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

Atrya hospital

लामो समयदेखि कार्यालय प्रमुख र लेखापाल नपाएको नगरपालिकाले पछिल्लो समयमा कार्यालय प्रमुख र लेखापाल पाएकाको समयमा सर्वसाधारण नागरिकको काम रोकिएको बिषयले आफूले लज्जित भएको वडा अध्यक्ष भट्टले बताए । 

कार्यालयमा विगतमा खरीद गरेर जडान गरिएका सीसीटीभी क्यामेरा गतिला नभएका कारणले पनि बिषयलाई अन्यत्र मोड्न सहज भएको वडा अध्यक्ष भट्टको भनाइ छ ।  

-मेलौली नगरपालिका ९ का वडा अध्यक्षद्वारा जारी विज्ञप्ती 

Lokraj-1719573022.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update