Sagun Khabar
हातपात गर्नेमाथि कारवाही हुनुपर्ने एमाले मेलौलीको माग 

बैतडी–नेकपा एमाले मेलौली नगर कमिटीले हातपात गर्नेमाथि कानुनी कारवाहीको माग गरेको छ । मेलौली नगरपालिका–०२ का पूर्व वडा अध्यक्ष महेन्द्रबहादुर चन्द र मेलौली नगरपालिकाको जिन्सी शाखामा कार्यरत चक्रमणी जोशीमाथी भएको हातपातको घटनाका दोषीलाई कारवाहीको माग गर्दै नेकपा एमाले मेलौली नगर कमिटिले विज्ञप्ती जारी गरेको हो । 

मेलौली नगरपालिका–०२ का पूर्व वडा अध्यक्ष चन्दलाई नगर प्रमुख भिमबहादुर चन्दको निवासमा नगर खेलकुद विकास समिति अध्यक्ष सागर भण्डारीले गाली बेइज्जती तथा हातपात गरेको आरोप लागेको छ । 

यसैगरी मेलौली–०९ का वडा अध्यक्ष लोकराज भट्टले नगरपालिकाको जिन्सी शाखामा कार्यरत चक्रमणी जोशीलाई कुटपिट गरेको भन्दै घटनाका दोषीलाई कारवाहीको माग गरिएको छ ।

Atrya hospital

नेकपा एमाले मेलौली नगर कमिटी अध्यक्ष भिमदत्त भट्टले विज्ञप्ती जारी गर्दै दुवै घटनामा निष्पक्ष छानबीन गरी दोषीलाई कारवाहीको माग गरेका छन् । 

आर्थिक बर्षको अन्तिम महिनामा कर्मचारीहरु व्यस्त रहेका बेला हातपात घटना हुनु निकै दुखद भएको एमाले प्रदेश कमिटि सदस्य तथा नगर इन्चार्ज बलभद्र दयालले बताए । 

यता मेलौली नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लोकराज भट्टले आफूले कर्मचारीमाथि हातपात नगरेको भन्दै विज्ञप्ती जारी गरेका छन् । वडाको बजेट सिफारिस बिनै खर्च गरिएको बिषयमा सोधपुछ गर्दा कर्मचारी आन्दोलित भएर बिषयान्तर गर्ने कार्य निकै दुखद भएको उनले बताएका छन् । 

हेर्नुहोस एमालेको विज्ञप्ती 

UMl-melaili-1719572232.jpg
 


 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update