Sagun Khabar
बसमा बेहोस भएका बैतडीका एकजनाको मृत्यु, चालक र सहचालक प्रहरी नियन्त्रणमा 

बैतडी–अत्तरीयाबाट बैतडी आउँदै गरेको बसमा सवार एकजनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ९ तिचौराका ४२ बर्षीय कृष्णानन्द जोशीको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

बसमा सवार जोशी पाटनभन्दा वर पुगेपछि बेहोस भएका र उनलाई जिल्ला अस्पताल बैतडी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

Atrya hospital

ना४ ख ६३८४ नम्बरको बसमा सवार जोशी भारतबाट घर आउँदै गरेका बुझिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । उनको मृत्युको कारण भने खुलीसकेको छैन् । 

बसमै बेहोस भएका व्यक्तिको मृत्यु भएपछि बस चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update