Sagun Khabar
एसईईमा बैतडीबाट ३१ दशमलव ४९ प्रतिशत परीक्षार्थी उत्तीर्ण 

बैतडी–२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा ३१दशमलव ४९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् । जिल्लाबाट एसईईमा सहभागी भएका ६८.५१ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । एसईई परीक्षाका लागि ५ हजार ८७ जनाले फारम भरेकोमा ४ हजार ८ सय ९४ जनामात्रै परीक्षामा सहभागी भएका थिए । 

एसईई सहभागी भएकामध्ये १ हजार ५सय ४१ जनामात्रै उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए । परीक्षामा सहभागी भएका ३ हजार ३५ जना अनुत्तीर्ण भएका उनले बताए । 

Atrya hospital

बैतडीबाट एसईईमा सहभागी भएका परीक्षार्थीमध्ये ३.६ देखिमाथि र ४ जीपीए भन्दा कम ल्याउने परीक्षार्थी १० जना रहेका छन् । यस्तै ३.२ देखिमाथि ३.६भन्दा कम जीपीए ल्याउने परीक्षार्थीको संख्या १सय ३२ रहेको छ । यस्तै २.८ देखिमाथि  ३.२ भन्दा कम जीपीए ल्याउने परीक्षार्थीको संख्या ७ सय ११ रहेको छ भने २.४ देखिमाथि र २.८ भन्दा कम ल्याउने परीक्षार्थीको संख्या ६सय २९ रहेको छ । 

यस्तै परीक्षामा सहभागी भएका परीक्षार्थी मध्ये ५९ जनाले २.० देखि माथि २.४ भन्दा कम जीपीए ल्याएका छन् । 

SEE-BaitadiA-1719487927.jpg

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update