Sagun Khabar
एसईईमा सुदूरपश्चिमबाट १७ हजार ३६ परीक्षार्थीमात्रै उत्तीर्ण 

बैतडी–एसइईको नतिजा बिहीबार सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार १७ हजार ३६ परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् । यो प्रदेशबाट एसईईमा सहभागी भएका ३६ हजार ४१० परीक्षार्थी अनुत्तीर्ण भएका छन् । 

Atrya hospital

देशभर परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । 

सुदूरपश्चिमबाट ५३ हजार ४४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४१० जना अनुत्तीर्ण भएका छन् । 

परीक्षामा नियमिततर्फ सुदूरपश्चिम प्रदेशबाट १५ प्रतिशत अर्थात् ३६ हजार ४१० जनाले ननग्रेड ल्याएका छन् ।  यस प्रदेशबाट परीक्षामा सहभागि ५३ हजार ४ सय ४६ जना विद्यार्थीमध्ये ६८ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएका छन् ।

see-provience-result-1719485564.gif
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update