Sagun Khabar
सुर्नयाका विद्यालयमा साउन १ देखि बर्षे बिदा 
Atrya hospital

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा आगामी साउन १ गतेबाट बर्षे बिदा दिइने भएको छ । केही विद्यालयहरुले असार १५ गतेदेखि बर्षे बिदा दिने जनगुनासो आएकाले सबै विद्यालयमा एकरुपता कायम गर्न साउन १ गतेबाट बर्षे बिदा दिन विद्यालयहरुलाई निर्देशन दिइएको हो । 

गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै पालिकाभरीका विद्यालयहरुमा एकरुपता कायम गरेर श्रावण १ गतेबाट बर्षे बिदा दिन आग्रह गरेको छ । विद्यालयहरुले आफूखुसी बिदा दिएमा गाउँपालिकाको शिक्षा शाखाको काम समेत प्रभावित हुने भएकाले बिदा एकरुपता कायम गर्न भनिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

surnaya-Bida-1719458871.jpg
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update