Sagun Khabar
पञ्चेश्वरका स्वास्थ्य शाखा प्रमुख शाहमाथि हातपात, हातपात गर्ने दुईजना फरार 

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहमाथि हातपात भएको छ । स्थानीय दुई युवाले कार्यालयबाट घर फकिर्ने क्रममा आफूमाथि हातपात गरेको भन्दै शाहले प्रहरीमा मुद्दा दर्ता गरेका छन् । 

असार ७ गते शुक्रबार दिन कार्यालयबाट कोठा तिर फर्किने बेला पिछा गर्दै घर आगनमै गई सुनियोजित तरीकाले गाली, बेइज्जत र साङ्घातिक हमला गरी ज्यान मार्ने धम्की समेत दिएको प्रहरी दर्ता गरेको जाहेरीमा उल्लेख गरेका छन् । 

शाहले पञ्चेश्वर गाउँपालिका–४ आमचौराका बीरबहादुर चन्द र पानबहादुर चन्दका नाममा जाहेरी दिएका हुन् । 

Atrya hospital

दुईजना मध्ये एकजना स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी हुन् भने एकजना मेडिकल व्यवसायी हुन् । 

दुवैजनाको नाममा अभद्र व्यवहारमा मुद्दा दर्ता भएको र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । दुवैजना फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । 

स्वास्थ्य शाखा प्रमुख शाहले प्रहरीमा मुद्दा दर्ता गरेपछि घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । 

दोषीलाई कारवाही गर्नुपर्ने गाउँपालिकाको माग 

पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहमाथि हातपात भएपछि दोषीलाई कारवाही हुनुपर्ने माग गरिएको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य शाखा प्रमुख शाहमाथि हातपात गर्ने बीरबहादुर चन्द र पानबहादुर चन्दलाई कारवाही हुनुपर्ने माग गरिएको हो । 

असार ७ गते शुक्रबार कार्यालबाट घर फर्किने क्रममा शाहको पिछा गरेका दुवैजनाले सुनियोजित तरीकाले हातपात र आक्रमण गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

स्वास्थ्य शाखा प्रमुख शाहमाथि भएको हातपात आपराधिक कार्य भएको र यो कार्यमा संलग्नलाई कारवाही हुनुपर्ने भन्दै गाउँपालिकाले घटनाको भत्र्सना समेत गरेको छ । घटनाका बिषयमा सत्यतथ्य छानबीन गर्न समेत पालिकाले आग्रह गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update