Sagun Khabar
बैतडीमा जबरजस्तीकरणी उद्योग गरेको आरोपमा एकजना पक्राउ 

बैतडी–बैतडीमा जबरजस्तीकरणी उद्योग गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका –३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको प्रयास गरेको आरोपमा भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले  जानकारी दिए । 

Atrya hospital

यही असार १० गते बिहान घर मर्मत गरिदिन्छु भनि महिलाको घरमा पुगेका भण्डारीले करणीको प्रयास गरेको आरोप लागेको छ । पीडितले दिएको जाहेरीका आधारमा जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरेर भण्डारीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले  बताए । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १८:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update