Sagun Khabar
बैतडीमा विद्युतको पोलमा बगेको करेन्ट लागेर दुई बाख्रा मरे 

बैतडी–बैतडीमा विद्युतको पोलमा बगेको करेन्ट लागेर स्थानीयले पालेका दुईओटा बाख्रा मरेका छन् । जिल्लाको पाटन नगरपालिका ९ विजयपुरमा चराउनका लागि लगेका बाख्राहरु करेन्ट लागेर मरेका हुन् । 

मंगलबार दिउँसो १ बजेको समयमा पाटन नगरपालिका ९ बजौटेका नरेन्द्र बिष्ट र भानदेव बिष्टका एक÷एक ओटा बाख्रा करेन्ट लागेर मरेका बताइएको छ । 

Atrya hospital

कहिलेकाँही पोलबाट करेन्ट बग्ने भएकाले पोल नजिक नजान आग्रह गर्ने गरिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए । 

खोड्पेदेखि गाँजरी जोड्ने थ्री फेस लाईनको पोलमा बगेको करेन्टले बाख्रा मरेका पीडित  भानदेव बिष्टले जानकारी दिए । 

करेन्ट लागेर बाख्रा मरेको बिषयमा जानकारी आएको र पीडित पक्षले निवेदन दिएमा क्षतिपूर्तीका लागि प्रदेश कार्यालयमा पठाइने उनले बताए । 

पोलमा करेन्ट बगेको ठाउँमा मर्मतको काम भइरहेको उनले बताए । कहिलकाँही विद्युतीय संरचना क्षति हुँदा पोलमा समेत करेन्ट बग्ने भएकाले विद्युत पोललाई नछुन आग्रह गरिएको पौडेलले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update