Sagun Khabar
श्रीमतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ 
Atrya hospital

कञ्चनपुर – श्रीमतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिव नगरका ३३ वर्षीय ओबजंग शाह पक्राउ परेका हुन् । शाहलाई सोमबार नेपालगञ्जबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखड कैलालीका प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले बताए । शाहकी श्रीमतीले सुखडमा जबरजस्तीकरणीमा उजुरी दर्ता गरेकी थिइन् । 

उनले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिए । शाहलाई नेपालगञ्जबाट सोमबार इलाका प्रहरी कार्यालय सुखडमा ल्याएर हिरासतमा राखिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update