Sagun Khabar
बैतडीका लक्ष्मणको दुवै मृगौला फेल, उपचारमा आर्थिक अभाव 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका –४ खातीखोला घर भएका २० बर्षीय लक्ष्मणसिंह महराको उपचारमा आर्थिक अभाव भएको छ । महराको दुवै मृगौला फेल भएपछि गएको तीन महिनायता अस्पतालमा उपचार गराइरहेका छन् । 

रोजगारीको सिलसिलामा भारतको नयाँदिल्लीस्थित गुडगाउँमा रहेका महराको दुवै मृगौलामा समस्या आएको र उपचारमा आर्थिक अभाव भएको उनका दाजु जनकसिंह महराले बताए । उनको अहिले भारतको अम्बलास्थित डा.जयदेव मेमोरियल रोटरी अस्पतालमा उपचार भइरहेको छ । 

Atrya hospital

तीन महिनायता उपचारमा रहेका महराको उपचारका लागि अहिले सम्म ८ लाख भारु खर्च भइसकेको र अब आर्थिक अभावमा उपचार गराउनै मुस्किल भएको उनका दाजु जनकले बताए । उनले भने ‘हामीले सकेसम्म भाइको उपचार गराइरहेका छौं । तर आर्थिक समस्या हुँदा उपचार गराउनै मुस्किल भएको छ ।’

भाइको उपचारमा सहयोग गरिदिन उनका दाजु जनकले मनकारी महानुभावहरुलाई अनुरोध समेत गरेका छन् । भाइको उपचारका लागि घरपरिवारको आयले धान्न नसकिने अवस्था आएपछि सहयोगका लागि सबैलाई अपिल गरिएको उनले बताए । 

लक्ष्मणको उपचारका लागि सहयोग गर्नुहुने महानुभावहरुले उनका दाजु जनक महराको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रहेको खाता नम्बर ०६५०५०५०५०२५२९५९ मा रकम जमा गर्न सक्नेछन् । 

भाइको प्राण रक्षाका लागि सहयोग गरिदिन सबैलाई आग्रह समेत गरिएको छ । लक्ष्मणको उपचार अम्बलामा समेत सम्भव नभइरहेको र अस्पतालले अन्यत्रै रेफरको तयारी गरेको छ । तर आर्थिक अभावमा हुँदा अन्य अस्पतालमा लैजान नसकिने अवस्था रहेको महराले बताए ।  
 

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update