Sagun Khabar
दोगडाकेदारको बजेट ५१ करोड ,गाउँसभामा प्रदेशका आर्थिक मामिला मन्त्रीको सम्बोधन 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि ५१ करोड २० हजार पाँच सय रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार गाउँसभाको १३ औं अधिवेशनमा उपाध्यक्ष पार्वती कार्कीले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेकी हुन् । 

गाउँसभामा गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष चक्र कार्कीले आगामी बर्ष केही नयाँ कार्यक्रम सञ्चालन गरिने बताए । ४० बर्षमाथिका सामाजिक सुरक्षा कार्यक्रममा नसमेटिएका एकल पुरुषलाई भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । 

Atrya hospital

यस्तै तराईबाट दोगडाकेदारमा बसाइसरेर आउने नागरिकलाई बिशेष प्रोत्साहन गर्ने कुरा समेत गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर आगामी बर्षका लागि बजेट ल्याइएको उपाध्यक्ष कार्कीले बताइन् । 

यसैबीच दोगडाकेदार गाउँपालिकाको गाउँसभामा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले बिशेष सम्बोधन गरेका छन् । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला बैतडी पुगेका मन्त्री पालले गाउँसभामा सम्बोधन गरेको गाउँपालिकाका प्रवक्ता भट्टले बताए । 

गाउँसभामा सम्बोधन गर्दै मन्त्री पालले सबै क्षेत्रलाई समेट्ने गरेर प्रदेश सरकारको बजेट आएको दाबी गरे । बैतडीको विकासका लागि आफू सदैव लागिपरेको बताउँदै मन्त्री पालले आगामी आर्थिक बर्षमा देखिने गरेर काम हुने बताए । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update