Sagun Khabar
भारतमा अस्ताइन् बैतडीकी दुर्गा 
Atrya hospital

बैतडी–सडक दुर्घटनामा परेर बैतडी घर भएकी एक महिलाको भारतमा मृत्यु भएको छ । बैतडीको सिगास गाउँपालिका ७ न्वाघर घर भई हाल रोजगारीको सिलसिलामा भारतमा बेंगलोरमा रहेकी दुर्गा साउँदको सडक दुर्घटनामा परेर मृत्यु भएको हो । 

सोमबार दिउँसो ४ बजेतिर सडक क्रस गर्ने क्रममा टिप्परले किचेर दुर्गाको मृत्यु भएको आफन्त धनमती ऐरले बताइन् । 

विगत चारपाँच बर्षदेखि रोजगारीका लागि श्रीमान प्रेम साउँदसंगै बेंगलोरमा रहेकी दुर्गाको मृत्यु भएपछि घरपरिवार शोकमा डुबेको छ । मृतक साउदको एक छोरा रहेको बताइएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update