Sagun Khabar
आगामी बर्षमा सुर्नयाको बजेट ५१ करोड ६२ लाख 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि ५१ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न गाउँसभाको १५ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले उक्त बजेट सार्वजनिक गरेकी हुन् । 

आगामी आर्थिक बर्षका लागि गाउँसभामा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले नीति तथा कार्यक्रम प्रस्तुत गरे । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष कुँवरले गाउँपालिकाले तय गरेका नीति र कार्यक्रमलाई सफल बनाउन बजेट विनियोजन गरेको बताए । 

Atrya hospital

गाउँपालिकाले आगामी आर्थिक बर्षमा ४० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले बताए । यस्तै अन्तरसरकारी बित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकार समानीकरण अनुदान ८ करोड २२ लाख, प्रदेश सरकार समानीकरण अनुदान ७० लाख १९ हजार, संघीय सशर्त अनुदान ३० करोड २७ लाख ५६ हजार, संघीय समपुरक अनुदान ५५ लाख, प्रदेश समपुरक अनुदान ५८ लाख ५० हजार, प्रदेश सशर्त अनुदान ७५ लाख ३० हजार, प्रदेश बिशेष अनुदान ५५ लाख, राजस्व बाँडफाँड अन्तर्गत संघबाट ८ करोड ७२ लाख, राजस्व बाँडफाँड प्रदेशबाट १५ लाख १९ हजार र गाउँपालिकाको सञ्चित खातामा ७२ लाख रुपैयाँ बजेटको अनुमान गरिएको छ । 

यसैका आधारमा आगामी आर्थिक बर्षमा व्ययको अनुमान समेत गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले बताइन् । 

गाउँसभाका सदस्य तथा अन्य सरोकारवालाहरु सहभागितामा सम्पन्न भएको गाउँसभाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।  
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update