Sagun Khabar
महाकालीमा बेपत्ता भएकी अस्मिता अझै भेटिइनन् 
Atrya hospital

बैतडी–महाकाली नदीमा बगेर बेपत्ता भएकी बैतडीकी एक बालिका अझै भेटिएकी छैनन् । असार ८ गते शनिबार बिहान महाकालीमा बगेर बेपत्ता भएकी जिल्लाको शिवनाथ गाउँपालिका स्वालाकी १२ बर्षीया अस्मिता चाडको अवस्था अझै अज्ञात रहेको छ । 

नुहाउने क्रममा बगेर बेपत्ता भएकी अस्मिता हालसम्म फेला पर्न नसकेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । बालिका फेला पर्न नसकेको र अवस्था अज्ञात रहेको छ । 
अस्मिताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता पाण्डेले बताए । उनले भने ‘बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको छ । तर अहिलेसम्म उनी फेला परेकी छैनन् । महाकालीमा पानीको सतह बढ्दा खोजी कार्यमा समस्या भइरहेको छ ।’

अस्मितासँगै महाकालीमा नुहाउन गएकी शिवनाथ गाउँपालिका–१ स्वालाकै १५ वर्षीया रजनी चाँड भने सोही दिन मृत फेला परेकी थिइन् ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update