Sagun Khabar
पुर्चौंडीको बजेट ६२ करोड 


बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । 

सोमबार १५ औं नगरसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरिएको नगरपालिकाले जनाएको छ । 

Atrya hospital

नगरसभामा उपप्रमुख मीना धानुकले ६२ करोड ४ लाख ९९ हजार ५ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी छन् । 

शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र नगर क्षेत्रभित्र भौतिक पूर्वाधारका कामलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उपप्रमुख धानुकले बताइन् । 

नगरसभामा नगर प्रमुख दिपकबहादुर बमले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगरसभाका सदस्य लगायत अन्य सरोकारवाला सहभागी नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बमले पुर्चौंडीको समग्र विकासका लागि बजेट ल्याइएको बताए । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update