Sagun Khabar
पाटनले ल्यायो ६३ करोड ४७ लाख २२ हजार बराबरको बजेट 

बैतडी–बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि ६३ करोड ४७ लाख २२ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार पाँचौं नगरसभा तथा प्रथम अधिवेशनमा उपप्रमुख कमलसिंह बोहराले पेश गरेको बजेट पारित भएको छ । 

नगरसभामा नगर प्रमुख गौरीसिंह रावलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख बोहराले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित भएको बताइएको छ । 

Atrya hospital

आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरिएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको उपप्रमुख बोहराले बताए । 

नगरपालिकाभरी रहेका दलित समुदायका हरेक घरमा एक घर एक धारा निर्माण अभियान सञ्चालन गरिने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको र त्यसका लागि बजेटको व्यवस्थापन गरिएको उपप्रमुख बोहराले बताए । 

यस्तै कफी खेती विस्तार र मौरीपालन विस्तारमा नगरपालिकाले बिशेष ध्यान दिने उपप्रमुख बोहराले बताए । 

नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा ६५ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य समेत राखेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update