Sagun Khabar
महाकाली र चमेलिया नदीको दोभानमा एक महिलाको शव फेला 
Atrya hospital

बैतडी–महाकाली र चमेलिया नदीको दोभानमा एक महिलाको शव फेला परेको छ । बैतडीको दशरथचन्द नगरपालिका ६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा दार्चुला घर भएकी महिलाको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । 

दार्चुलाको लेकम गाउँपालिका ४ दमसैना घर भएकी २२ बर्षीया हेमन्ती गिरीको शव फेला परेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । यही असार ८ गते घरबाट हराएकी हेमन्तीको शव फेला परेको बताइएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०९:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update