Sagun Khabar
बिरभान हत्या प्रकरण : पक्राउ परेकामाथि दोश्रो पटक म्याद थपेर अनुसन्धान गरिँदै 

बैतडी–बैतडीको पाटन नगरपालिका –६ घर भएका ट्रक चालक बिरभान बिष्टको हत्या प्रकरणमा पक्राउ परेका पाँचै जनामाथि अदालतबाट दोश्रो पटक म्याद थपेर अनुसन्धान भइरहेको छ ।

अदालतले पहिलो पटक दिएको म्याद सकिएपछि आइतबार दोश्रो पटक पाँच दिनका लागि म्याद थपिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा पाँच जनालाई पक्राउ गरिएको र उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।  

बिरभानको हत्यामा संलग्न रहेको आरोपमा पाटन नगरपालिका ६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन ६ कै ३८ बर्षीय भरतमोहन बिष्ट, पाटन १ का १९ बर्षीय राजेन्द्र भट्टराई, १७ बर्षीय किशोर भट्टराई र पाटन –६का आशिष पहरीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

असार १ गते शनिबार राति बिरभानको हत्या भएको थियो । असार ३ गते बिष्टको शव घाङल खोलामा फेला परेको थियो । 

 

 


 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update