Sagun Khabar
प्रजनन स्वास्थ्य शिविर सञ्चालनका लागि सिटिजन्स बैंकको सहयोग 

बैतडी–बैतडीमा प्रजनन स्वास्थ्य शिविर सञ्चालनका लागि सिटिजन्स बैंकले सहयोग गरेको छ । बैतडीको पाटनस्थित बैंकको शाखाले शिविर सञ्चालनका लागि नेपाल परिवार नियोजन संघ शाखा पाटन बैतडीलाई सहयोग गरेको हो । 

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत परिवार नियोजन संघमार्फत प्रजनन स्वास्थ्य शिविर सञ्चालनका लागि औषधी खरीदका लागि ४५ हजार सहयोग गरेको बैंकका म्यानेजर जयराज भट्टले बताए । 

Atrya hospital

आइतबार म्यानेजर भट्टले शिविर सञ्चालनका लागि नेपाल परिवार नियोजन संघ शाखा पाटन बैतडीका सभापति मानबहादुर चन्दलाई ४५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । नेपाल परिवार नियोजन संघले जिल्लामा निशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र औषधी खरीदका लागि बैंकले सहयोग गरेको सभापति चन्दले बताए । बैंकको आर्थिक सहयोगले परिवार नियोजन संघलाई शिविर सञ्चालनमा सहज हुने उनले बताए । 

केही दिनभित्रै जिल्लाका विभिन्न स्थानमा निशुल्क प्रजनन स्वास्थ्य शिविर सञ्चालनको तयारी भएको सभापति चन्दले बताए । 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update