Sagun Khabar
बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु 
Atrya hospital

बैतडी–बैतडीमा सिँचाइ ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका १० महरागाउँका ५ बर्षीय मुकेश महराको सिँचाइ ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । 

शनिबार बिहान ११ बजे घर नजिकैको सिँचाइ ट्यांकीमा खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका महराको जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो ४ बजेतिर मृत्यु भएको हो । 
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update