Sagun Khabar
महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु , एक बेपत्ता 

बैतडी–महाकाली नदीमा डुबेर बैतडीकी एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिका बेपत्ता भएकी छन् । 

जिल्लाको शिवनाथ गाउँपालिका –१ स्वालाकी १४ बर्षीया रजनी चाडको मृत्यु भएको हो । रजनीसंगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ बर्षीया अस्मिता चाड बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । 

Atrya hospital

शनिबार बिहान साढे ९ बजेतिर महाकाली नदीमा पौडी खेल्नका लागि दुवै जना गएको बुझिएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी रजनी मृत अवस्थामा फेला परेकी छन् भने अस्मिता अझै बेपत्ता रहेकी प्रहरी निरीक्षक पाण्डेले बताए । 

बेपत्ता अस्मिताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update