Sagun Khabar
दनपाका ११ ओटै वडामा वडास्तरीय महिला सञ्जाल गठन 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाका ११ ओटै वडामा वडास्तरीय महिला सञ्जाल गठन गरिएको छ । जेठ अन्तिम सातादेखि वडाहरुमा महिला सञ्जाल गठन गर्ने कार्य शुरु भएकोमा मंगलबार सबै वडामा महिला सञ्जाल गठन गरिसकिएको दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताइन् । 

दशरथचन्द नगरपालिकाले पारित गरेको महिला सञ्जाल ऐन २०८० अनुसार ११ ओटै वडामा महिला सञ्जाल गठन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख कुँवरले बताइन् । 

Atrya hospital

प्रत्येक वडामा २१ सदस्यीय महिला सञ्जाल गठन गरिएको छ । वडा नं १ को वडास्तरीय महिला सञ्जालको अध्यक्षमा हिरा बडू, वडा नं २ मा गोमती लुहार, वडा नं ३ मा हिरा नाथ, वडा नं ४ मा कल्पना राना क्षेत्री र वडा नं ५ मा पार्वती लोहार चयन भएका छन् । 

यस्तै वडा नं ६ को वडास्तरीय महिला सञ्जालको अध्यक्षमा इन्द्रा चन्द, वडा नं ७ मा प्रिया लुहार, वडा नं ८ मा मीना चुनारा टमाटा, वडा नं ९ मा जानकी जोशी, वडा नं १० मा माया ऐरी र वडा नं ११ मा इन्द्रा भट्ट पन्त चयन भएका छन् । 

प्रत्येक वडामा महिला सञ्जाल गठन गर्नुका साथै उनीहरुसंग लैंगिक हिंसा न्यूनीकरणका बिषयमा अन्तरक्रिया छलफल समेत गरिएको सामुदायिक मनोसामाजिक कार्यकर्ता संयोजक पवित्रा भट्टले बताइन् । 

वडास्तरमा हुने विभिन्न खालका हिंसाहरु न्यूनीकरणका लागि प्रत्येक वडामा वडास्तरीय महिला सञ्जाल गठन गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । महिला लक्षित कार्यक्रम अन्तर्गत सबै वडामा वडास्तरीय महिला सञ्जाल गठन गरिएको उनले बताइन् । वडास्तरमा गठन भएको महिलाको सञ्जालको नेतृत्वले दुई बर्षसम्म काम गर्नेछ भने दुई बर्षपछि नयाँ नेतृत्व चयन गरिने उपप्रमुख चन्दले बताइन् । 

यस्तै नगरस्तरीय महिला सञ्जालको अध्यक्षमा सुनिता जोशी चयन भएकी छन् । 

dcm-1718805586.jpg
 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update