Sagun Khabar
क्रिकेट खेलाडीलाई टाउन सेन्टर फिटनेसले निःशुल्क जीम गराउने

बैतडी –क्रिकेट खेलाडीलाई टाउन सेन्टर फिटनेसले निःशुल्क शारीरिक सुगठन (जीम) गराउने भएको छ । निःशुल्क जीम गराउनका लागि धनगढीमा रहेको टाउन सेन्टर फिटनेस र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघबीच सम्झौता भएको हो । 

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्ट र टाउन सेन्टर फिटनेसका निर्देशक बाल कुमारी खड्काबीच जीमका गराउनका लागि चार वर्ष अर्थात २०८५ वैशाख २७ गतेसम्म सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

Atrya hospital

सम्झौता पत्रमा टाउन सेन्टर फिटनेसले खेलाडीसंगै,प्रशिक्षक,प्राविधिक,क्रिकेट संघ कार्यसमितिलाई जीम गराउन व्यवस्थापन गर्ने तथा प्रायोजकको रूपमा जिम्मेवारी बहन गर्नेछ ।

यो सम्झौताले खेलाडी फिट रहन सहयोग मिल्ने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update