Sagun Khabar
मन्त्रीको बिषयमा सुदूरपश्चिममा माओवादीभित्र विवाद 

कैलाली –सुदूरपश्चिममा मन्त्रीको विषयलाई लिएर नकेपा माओवादी पार्टीभित्र विवाद सुरु भएको छ ।

माओवादीबाट सुदूरपश्चिम सरकारमा मन्त्री बन्नेहरुबारे पार्टीभित्रै विवाद सुरु भएको हो । संसदीय दलभित्र कुनै सल्लाह नगरेर मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

Atrya hospital

माओवादीबाट ओमविक्रम भाट ‘सरल’, अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिस गरिएको छ ।

 माओवादीबाट निर्वाचित सांसद खगराज भट्ट, झपट साउद, शिवसिंह ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन् । 

आज बिहान ११ बजे दलको बैठक आह्वान गरेर मन्त्री सिफारिस गर्ने सल्लाह भएको तर दलको बैठक स्थगित गरेर मन्त्रीको नाम दिएको उनीहरुको दाबी छ । सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद रहेका छन् । 

sudur-maobadi-patra-1718017046.jpg
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update