जडीबुटी सस्तोमा बेच्नुपर्दा बझाङका स्थानीय मारमा 
                        
                        
                                                
                                            
                                                                    बझाङ–बझाङमा सस्तो मूल्यमा जडिबुटी वनलसुन र यार्सागुम्बा बिक्री हुन थालेपछि संकलहरु समस्यामा परेका छन् । आम्दानीको मुख्य स्रोत रहेको वनलसुन र यार्सागुम्बा सस्तैमा बिक्री हुँदा यहाँका स्थानीय समस्यामा परेका हुन् ।
केही वर्ष पहिले यार्सागुम्बा र वनलसुन बिक्री गरेर मनग्य आम्दानी हुने भएपनि पछिल्लो समयमा जडीबुटी मूल्य नपाएको छबिसपाथिभेरा गाँउपालिका–७ का स्थानीय दले बोहराले बताए ।
दुई वर्षअघि यार्सागुम्बा प्रतितोला २० हजार रुपैयाँमा बिक्री भएको थियो । तर, यो वर्ष भने आफूहरूले प्रतितोला १२ हजार रुपैयाँ मात्र पाएको बोहराले गुनासो गरे ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १७:३५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
