Sagun Khabar
मेलौलीमा उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान 

बैतडी –बैतडीको मेलौली नगरपालिकाले पालिकाभरीका उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । शैक्षिक सत्र २०८० मा कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको प्राविधिक सहायक रोहित भट्टले बताए । 

कक्षा ८ मा ३.६४ जिपिए ल्याएर पालिकाभरीमै उत्कृष्ट भएका मणिलेक मावि छात्र पवन नायकलाई नगद २० हजारसहित प्रमाणपत्र दिएर सम्मान गरिएको छ । यस्तै ३.६२ जिपिए ल्याएका मणिलेक माविकै पुष्कर भट्ट द्वितीय र ३.५५ जिपीए ल्याएकी शितलपुर माविकी अस्मिता भट्ट तृतीय भएका छन् । उनीहरुलाई क्रमश ः १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले जानकारी दिए । 

Atrya hospital

यस्तै कक्षा १० मा नगरपालिकाभरीमै प्रथम भएका शितलपुर माविका सुशान्त सिंहलाई नगद ३५ हजारसहित सम्मान गरिएको छ । उनले ३.५५ जिपीए अंक ल्याएका थिए ।

३.४० जिपीए अंक ल्याएर दोश्रो भएका विजयपुर माविका प्रकाश चन्दलाई नगद ३० हजारसहित सम्मानपत्र प्रदान गरिएको छ भने ३.३५ जिपीए अंक ल्याएर तेश्रो भएका दुर्गा मावि खलीगाडका रामचन्द्र पुजारालाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्दले बताए । 

आइतबार नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा ५९ औं राष्ट्रिय बालदिवस २०८० को अवसरमा आयोजना गरिएको नगरस्तरीय वादविवाद प्रतियोगिता उत्कृष्ट चार जना सहभागीहरुलाई समेत नगद सहित सम्मान गरिएको छ । 

उक्त प्रतियोगितामा मणिलेक माविकी छात्रा सरीता भट्ट प्रथम, धर्मघर माविकी ज्योती जोशी द्वितीय , दुर्गा मावि खलिगाडकी सरीता जोशी तृतीय र मणिलेक माविका छात्र भुपेन्द्र भट्टले सान्त्वना स्थान प्राप्त गरेका थिए । 

प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार ५ सय, तेश्रो हुनेलाई ५ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मनोबल उच्च राख्नका लागि उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए । 

उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै नगर उपप्रमुख पार्वती बोहरा बिष्टले विद्यार्थीहरुको सामुदायिक विद्यालयमा आकर्षण बढाउन नगरपालिकाले यस्ता खालका कार्यक्रम सञ्चालन गरेको बताइन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update