Sagun Khabar
महिलाहरुका लागि आधुनिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले महिलाहरुका लागि आधुनिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सञ्चालन गरेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गरिएको नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् । 

चालु आर्थिक बर्षको महिला लक्षित कार्यक्रम अन्तर्गत देहीमाण्डौंमा सञ्चालन गरिएको तालिममा ११ ओटै वडाका ३० जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुलाई आधुनिक तरकारी खेती प्रविधिका बिषयमा प्रयोगात्मक जानकारी दिइएको कुँवरले बताइन् । 

Atrya hospital

तरकारी खेतीबाट महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि महिला लक्षित कार्यक्रम अन्तर्गत तालिमको आयोजना गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । उनले भनिन् ‘हामीले नगरक्षेत्रभित्रका महिलाहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । त्यसै अन्तर्गत तरकारी खेतीसम्बन्धी तालिमको समेत आयोजना गरेका हौं ।’

तालिमका सहभागी महिलाहरुलाई विभिन्न प्रकारको तरकारीको बीउ समेत वितरण गरिएको छ । तालिम समापनको दिन आज (आइतबार) उनीहरुलाई तरकारीको बीउ वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख कुँवरले बताइन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update