Sagun Khabar
पत्रकार विष्टलाई युवा पत्रकारिता पुरस्कार

 बैतडी –बैतडीका पत्रकार विनोद सिंह विष्टलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने उक्त पुरस्कारको राशी ५० हजार रूपैयाँ रहेको छ । 

राष्ट्रिय समाचार समिति बैतडीका समाचारदाता  विष्टलाई मन्त्रालयले असार पहिलो हप्ता सिंहदरबारमै नगद पुरस्कारसहित सम्मान गर्नेछ । 

Atrya hospital

मन्त्रालयले पुरस्कारका लागि गत माघमा आवश्यक कागजपत्रसहित आवेदन  आह्वान गरेको थियो । देशभरबाट आएका आवेदनमध्ये मन्त्रालयले गरेको मूल्यांकनको आधारका विष्ट पुरस्कारको लागि छनौट भएका हुन् ।

पत्रकार महासंघ बैतडीका सहसचिव समेत रहेका विष्टले उक्त पुरस्कार पाउने भएपछि  खुसी व्यक्त गर्दै पुरस्कारले पत्रकारिता पेसाप्रति थप जिम्मेवार बनाउनुका साथै  पेसामै रहिरहन उर्जा मिलेको बताए । 

 बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट घर भएका पत्रकार विष्ट विगत १३ वर्षदेखि पत्रकारिता पेशामा क्रियाशिल रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update