Sagun Khabar
नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको जिल्ला परिषद सम्पन्न 
Atrya hospital

बैतडी–नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको २४ औं जिल्ला परिषद शनिबार सम्पन्न भएको छ । शाहीलेकमा सम्पन्न भएको परिषदले शिक्षकहरुको पेशागत हकहितका बिषयमा विभिन्न निर्णय गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व जिल्ला कमिटि सदस्य अर्जुन कुँवरले जानकारी दिए । 

संगठनका जिल्ला अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा भएको परिषदमा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय समिति सदस्य भवानी चन्द रहेका थिए । परिषदमा नेपाल राष्ट्रिय शिक्षक संगठनका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष खगेन्द्रप्रसाद धमला, एमाले बैतडीका अध्यक्ष नरेश विकको समेत सहभागिता रहेको थियो । 

परिषदमा नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध सदस्यहरुको सहभागिता रहेको कुँवरले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update