सुत्केरीको हेलिकप्टरमार्फत उद्धार 
                        
                        
                                                
                                            
                                                                    बझाङ –बझाङबाट एक सुत्केरीको उद्धार गरिएको छ । बित्थडचिर गाउँपालिका ६ की २१ वर्षीया बसन्ती धामीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ ।
जेठ २६ गते बिहान १ बजे सुत्केरी व्यथा लागेर अस्पताल पुगेकी धामीले ४ बजे तीर शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन । शल्यक्रियापछि पनि रक्तश्राव भएपछि धामीको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत धामीको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पातल बझाङले जनाएको छ । 
चालु आर्थिक वर्ष २०८०÷८१ को हाल सम्म राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बझाङबाट ६ जना सुत्केरी वा गर्भवती महिलाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
 
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ११:१६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
