Sagun Khabar
दार्चुलामा भन्सार छलीका सामग्री बरामद

दार्चुला –दार्चुलाको एक गोदामबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको महाकाली नगरपालिका–४ खंलगा स्थित तिंकर सडक खण्डमा रहेको धन लक्ष्मी स्टोर एण्ड सप्लायर्सको गोदामबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ३ हजार ७५ मूल्य बराबरको सामान बरामद गरिएको हो । 

Atrya hospital

उक्त गोदामबाट चिनी, मैदा, आटा, चामल, पशु आहार लगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारेका अवैध सामग्रीसहित गोदाम सञ्चालक व्यास गाउँपालिका–६ बस्ने तोयराज भट्टलाई नियन्त्रणमा लिएको छ । भट्टसहित नियन्त्रणमा लिएको सामानलाई भन्सार कार्यालय दार्चुलामा बुझाएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update