Sagun Khabar
सुर्नया पूर्ण खोप सुनिश्चित पालिका घोषणा 

बैतडी – बैतडीको सुर्नया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पालिकाभरीका खोप पाउने उमेर समूहका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

सुर्नया गाउँपालिकाभरीका जन्मदेखि १५ महिनासम्मका ४सय ३६ बालबालिका र १६ देखि ५९ महिनासम्मका १ हजार ३ सय १४ बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाइसकेपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 

Atrya hospital

प्रत्येक बर्ष पालिकालाई पूर्ण खोप सुनिश्चित गर्ने कार्यक्रम अनुसार पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरको अध्यक्षतामा भएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मञ्जु बोहरा बिशिष्ट अतिथी रहेकी थिइन् । 

कार्यक्रममा वडा अध्यक्षहरु, खोप समन्वय समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । बालबालिकाहरुलाई विभिन्न १३ रोग विरुद्ध ९ ओटा खोपहरु नियमित रुपमा दिने गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update