Sagun Khabar
नेविसंघ बैतडीको अध्यक्षमा ढुंगाल मनोनित 

बैतडी–नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ बैतडीको अध्यक्षमा दिपेन्द्रबहादुर ढुंगाल मनोनित भएका छन् । नेविसंघ बैतडीको अध्यक्ष पद रिक्त भएकाले ढुंगाललाई अध्यक्षमा मनोनित गरिएको नेपाल विद्यार्थी संघका अध्यक्ष दुजांग शेर्पाले लेखेको पत्रमा उल्लेख गरिएको छ । 

नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ अनुसार तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी ढुंगाललाई अध्यक्ष पदको जिम्मेवारी दिइएको हो । 

Atrya hospital

नेपाल विद्यार्थी संघको विधि, विधान र मार्यादाभित्र रहेर संगठनलाई गतिशील बनाउन समेत नेविसंघले अध्यक्ष ढुंगाललाई आग्रह गरेको छ । 

Dhungal-1717556062.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update