Sagun Khabar
बैतडीमा खाद्य स्वच्छतासम्बन्धी बालबालिकाहरुसंग अन्तरक्रिया 

बैतडी–बैतडीमा खाद्य स्वच्छता तथा गुणस्तरका बिषयमा बालबालिकाहरुसंग अन्तरक्रिया गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीको आयोजनामा दशरथचन्द नगरपालिका ५ स्थित दशरथचन्द मावि सुन्दरखालीमा बालबालिकाहरुसंग अन्तरक्रिया गरिएको हो । 

सोमबार विद्यालयका बालबालिकाहरुसंग खाद्य स्वच्छता र गुणस्तरका बिषयमा अन्तरक्रिया गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताए । 

Atrya hospital

खाद्य वस्तुहरुको प्रयोग, गुणस्तर र यसको स्वच्छताका लागि ध्यान दिनुपर्ने कुराहरुको बारेमा बालबालिकाहरुलाई जानकारी गराइएको कठायतले बताए । 

बालबालिकाहरुका माध्यमबाट खाद्य स्वच्छताका बिषयमा घरपरिवारका सदस्यहरुलाई समेत जानकारी होस भन्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको बताइएको छ । 

अन्तरक्रियाबाट विद्यालयका विद्यार्थीहरुलाई खाद्य स्वच्छता र गुणस्तरका बिषयमा जानकारी प्राप्त भएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update