Sagun Khabar
आगामी आर्थिक बर्षका लागि बैतडीका कुन पालिकाले कति पाए संघीय अनुदान ?

बैतडी –बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि संघीय सरकारबाट ३ अर्ब ६० करोड ४३ लाख संघीय अनुदान पाएका छन् । अन्तर सरकारी बित्तीय हस्तान्तरण अन्तर्गत पालिकाहरुले उक्त बजेट प्राप्त गरेका हुन् । 

चालु आर्थिक बर्षका लागि बैतडीका स्थानीय तहहरुले ३ अर्ब ७० करोड ८२ लाख संघीय अनुदान पाएका थिए । आगामी आर्थिक बर्षमा १० करोड ३९ लाख अनुदान कटौती भएको छ । 
आगामी आर्थिक बर्षका लागि दशरथचन्द नगरपालिकाले ५१ करोड ६३ लाख, पाटन नगरपालिकाले ४६ करोड १९ लाख, पुर्चौंडी नगरपालिकाले ४४ करोड ११ लाख र मेलौली नगरपालिकाले ३४ करोड ६२ लाख संघीय अनुदान पाउने भएका छन् । 

यस्तै डिलाशैनी गाउँपालिकाले ३५ करोड ५३ लाख, दोगडाकेदार गाउँपालिकाले ३६ करोड १४ लाख, पञ्चेश्वर गाउँपालिकाले २७ करोड ८२ लाख, शिवनाथ गाउँपालिकाले २४ करोड १२ लाख, सिगास गाउँपालिकाले ३० करोड १० लाख र सुर्नया गाउँपालिकाले ३० करोड १७ लाख संघीय अनुदान पाउने भएका हुन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update