Sagun Khabar
बैतडीमा हावाहुरीले सहकारी भवनको छानो उडायो 
Atrya hospital

बैतडी –बैतडीमा हावाहुरीले एक सहकारी भवनको छानो उडाएको छ । जिल्लाको पाटन नगरपालिका ८ स्थित भगवती कृषि महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको दुईकोठे भवनको छानो उडाएको हो । 

आइतबार राति आठ बजेतिर आएको हावाहुरीले सहकारी भवनको जस्तापाताले छाएको छानो उडाएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । 

हावाहुरीले भवनको छानो पूर्ण रुपमा नष्ट गरेको छ । यस्तै सहकारी भवनभित्र रहेका कागजपत्र र कुर्सी टेबलहरुमा समेत क्षति पुगेको वडा अध्यक्ष बिष्टले बताए । क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहेको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update