Sagun Khabar
बैतडीमा जलेर एक बालक घाइते 
Atrya hospital

बैतडी –बैतडीमा जलेर एक बालक घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ६ मुसेका रघुबीर भट्टका १९ महिने छोरा शिशिर भट्ट जलेर घाइते भएका हुन् । 

शनिबार बिहान साढे ९ बजेतिर घरभित्रै पकाएर राखेको तरकारीको भाँडोमा परेर भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । 

घाइते बालकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update