Sagun Khabar
सर्पको टोकाइबाट एक किशोरीको मृत्यु 

दार्चुला– सर्पको टोकाइबाट दार्चुलामा एक किशोरीको मृत्यु भएको छ । 

जिल्लाको लेकम गाउँपालिका ४ ओडीगाउँकी १६ बर्षीया सुनिता गिरीको सर्पको टोकाइबाट मृत्यु भएको लटिनाथ आधारभूत विद्यालय ओडीगाउँका शिक्षक सोबी गिरीले बताए । 

Atrya hospital

शुक्रबार दिउँसो खाना खाएर सुतीरहेका बेला गिरीलाई घरभित्रै सर्पले टोकेको र शुक्रबार साँझ ७ बजेतिर उनको मृत्यु भएको बताइएको छ । 

गिरी लटिनाथ नमूना मावि चौपातामा कक्षा १० मा अध्ययनरत रहेकी थिइन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update