Sagun Khabar
बैतडीमा ट्रक दुर्घटना : चालकसहित दुई जना घाइते 

बैतडी–बैतडीमा शुक्रबार बिहान ट्रक दुर्घटना भएको छ । धनगढीबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको ना.८ ख ४५३९ नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका ६ भञ्ज्याङ भन्ने स्थानमा ट्रक दुर्घटनामा परेको हो । 

बिहान साढे ४ बजेको समयमा ट्रक दुर्घटना हुँदा चालक पाटन नगरपालिका ८ का ३५ बर्षीय लोकेन्द्रसिंह मडै र ट्रकमा सवार कैलालीको गोदावरी नगरपालिका ४ का ४५ बर्षीय मदन महरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । 

Atrya hospital

घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ । 

अनियन्त्रित भएर ट्रक सडकबाट २५ मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०९:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update