Sagun Khabar
बैतडीका १२ हजार ८३५ बालबालिकाहरुलाई आइपीभी खोप 

बैतडी –बैतडीका १२ हजार ८ सय बढी बालबालिकाहरुलाई पोलियोविरुद्धको आइपीभी खोप दिने कार्य भइरहेको छ । यही जेठ १६ गतेबाट जिल्लाभरी खोप अभियान सञ्चालन गरेर बालबालिकाहरुलाई पोलियो विरुद्धको आइपीभी खोप दिने कार्य भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 

जिल्लाभरी १२ हजार ८३५ जना बालबालिकाहरुलाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । जिल्लामा ४ सय ६० खोपकेन्द्रमार्फत खोप अभियान सञ्चालनमा रहेको उनले बताए । 

Atrya hospital

२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मेका बालबालिकाहरुलाई पोलियो विरुद्धको आइपीभी खोप दिने कार्य भइरहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिश भट्टले जानकारी दिए । 

बैतडीमा यही जेठ २३ गतेसम्म सञ्चालन हुने खोप अभियानलाई प्रभावकारी बनाउन अनुगमन समेत भइरहेको छ । नजिकको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकाहरुलाई पोलियोविरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयले सबैमा आग्रह समेत गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update