Sagun Khabar
बैतडीमा जीप दुर्घटना  हुदा एक जनाको मृत्यु,आठजना घाइते

बैतडी- बैतडीमा जीप दुर्घटना  हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम गोठलापानीबाट भारतीय सीमानाका झुलाघाटतर्फ गइरहेको सुप प्र ०१००१ ज १५०० नम्बरको जिप दिउँसो ३ बजेतिर दशरथचन्द नगरपालिका १० भगोडेनोला दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर एकजनाको मृत्यु भएको र आठजना घाइते भएका छन्। मृत्यु हुनेमा महिला रहेकी र ती महिलाको परिचय खुल्न बाँकी रहेको छ।

Atrya hospital

दुर्घटनास्थलमा जीपको मुनि च्यापिएकी अवस्थामा प्रहरीले उद्धार गरि जिल्ला अस्पताल ल्याउदा ती महिलाको मृत्युु भएको  बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

दुर्घटनाग्रस्त जिप सडकबाट ३० मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन्।

जीपमा कती जना सवार रहेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update