Sagun Khabar
कृषिमा ५७ अर्ब २९ करोड रुपैयाँ बजेट,  गाँजा खुला गर्नेसम्मका कार्यक्रम

आउँदो आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रकाे विकासका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमा सरकारले गाँजाखेतीका लागि कानुन बनाउने उल्लेख गरेको छ ।

यस्तै सरकारले आउँदो आर्थिक वर्षमा चार वटा हिमाली जिल्लामा कस्तुरी मृग पालनका लागि व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गरेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा मुस्ताङ, म्याग्दी, गोरखा र धादिङको हिमाली जिल्लामा कस्तुरी मृग पालनका लागि व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

Atrya hospital

यसैगरी सरकारले कृषिमा २०८१ देखि २०९१ सालसम्म कृषिमा लगानी दशक घोषणा गरेको छ । यस्तै सामूहिक खेती गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराउने कुरा बजेटमा उल्लेख छ । व्यावसायिक रूपमा सामूहिक खेती, पशुपक्षी पालन, जडीबुटीको खेती गर्ने व्यक्ति, फर्म वा सहकारीलाई ब्याजमा अनुदान र मेशिनरी आयातमा कर छुट दिने बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएको छ ।

#उज्यालो अनलाईन 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update