Sagun Khabar
आउँदो आर्थिक वर्षमा ९ सय मेगावाट बिजुली थप्ने लक्ष्य

सरकारले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थप गर्ने लक्ष्य लिएको छ । आउँदाे आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली थप गरी कुल क्षमता ४ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य लिएको जानकारी गराउनुभएको छ ।

यस्तै सरकारले आउँदो आर्थिक वर्षभित्र बङ्ग्लादेशमा बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ । यसैगरी हिउँदयाममा हुने बिजुली अभाव पूर्तिका लागि बूढीगण्डकी, दूधकोशी, नलगाडलगायत जलाशययुक्त आयोजनाको काम शुरु गर्ने अर्थमन्त्री पुनले घोषणा गर्नुभएको छ ।

Atrya hospital

सरकारले आउँदो आथिक वर्ष ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

#उज्यालो अनलाईन 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update