Sagun Khabar
बैतडीका एक युवक भारतको हुब्ली रेल्वे स्टेशनबाट बेपत्ता  
Atrya hospital

बैतडी- बैतडीका एक युवक रोजगारीको सिलसिलामा भारत जादै गर्दा बाटोबाटै बेपत्ता भएका छन् ।  जिल्लाको दोगडा केदार गाउँपालिका ३ का अन्दाजी ४० बर्षीय कैलाराम भुल रोजगारीको सिलसिलामा भारत जादै गर्दा बेङ्गलोर नपुगी बाटोबाटै बेपत्ता भएका हून ।   

करीब एक हप्ता अगाडी रोजगारीको लागी बेङ्गलोर जान्छु भनी गएका  लक्ष्मण बेङ्गलोर नपुगी बाटोमै बेपत्ता भएका दोगडाकेदार गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कालुराम सार्किले बताए ।

बेङ्गलोर जादै गर्दा भारतको हुब्ली रेल्वे स्टेशन बाट  भुल बेपत्ता  भई तिन दिन सम्म पनि  सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ ।  परिवारले खोज तलासका लागी सवैमा आग्रह समेत गरेका छन् ।  भुलको घरमा श्रीमती एक छोरा र छोरी रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update