क्यानका अध्यक्ष चन्दले गरे कपडा बैंक शाहीलेक लाई ९५ थान लुगा सहयोग
बैतडी–नेपाली काँग्रेस बैतडीका सभापती एवम् नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले कपडा बैंक शाहीलेकलाई लुगा सहयोग गरेका छन् ।
कपडा बैंक शाहीलेकको हुनेले दिएर सहयोग गरौँ,नहुनेले लगेर सहभगिता जनाऔं अभियानमा संगलग्नता जनाउदै चन्दले कपडा बैंकलाई कोसेली सहित ९५ थान लुगा सहयोग गरेका हुन ।
बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका बेसहारा, आङ ढाक्न एकसरो लुगा नभएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउने युवा समाजसेवी महेश दत्त भट्टले बताए । ।
राजनितिक तथा सामाजिक क्षेत्रमा सक्रिय चन्दले विभिन्न क्षेत्रमा सहयोग पुर्याउदै आएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१ १४:४०
प्रतिक्रिया दिनुहोस्




