Sagun Khabar
जन्मदिनको अवसरमा पत्रकार पन्तद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण  

बैतडी– जन्मदिनको अवसर पारेर पत्रकार गोविन्द पन्तले विद्यार्थीहरुलाई  शैक्षिक सामग्री वितरण गरेका छन । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ स्थित गुजर माध्यमिक विद्यालयका विद्यार्थीहरु लाई पत्रकार पन्तले एक कार्यक्रमका बीच बिद्यालयका उत्कृष्ट विद्यार्थीहरु लाई नगद पुरुस्कार सहित शैक्षिक सामग्री वितरण गरेको हुन । 

विद्यार्थीहरु लाई हौसला प्रदान गर्न र जेहेन्दार विद्यार्थी हरुलाई केही राहत होस भन्ने हेतुले विद्यालय भरिमा उत्कृष्ट चार विद्यार्थी लाई नगद सहित शैक्षिक सामग्री र १५ जना भन्दा बढी विद्यार्थी लाई शैक्षिक सामग्री वितरण गरेको उनले बताए । 

Atrya hospital

विद्यालय भरिमा उत्कृष्ट तीन जना मध्ये प्रथम, द्वितीय र तृतीय हुने क्रमशः निशान बिष्ट,निरज बिष्ट र अनुसका भट्ट लाई नगद सहित कापी र कलम वितरण गरेका छन् । यस्तै सिगास आधारभुत बिद्यालय मा १० जना जेहेन्दार बालबालिका लाई केही नगद सहित कापी र कलम र उत्कृष्ट विद्यार्थी लाई नगद सहित शैक्षिक सामग्री  वितरण गरिएको बिद्यालय का प्रधानाध्यापक सुरेन्द्र सिँह बिष्ट ले बताए । 

सामाजिक कार्य संगै पत्रकारिता गरिरहेका पत्रकार पन्त रेडियो निङ्गलाशैनी बैतडीमा कार्यरत रहेका छन् । पछिल्लो समय जन्म दिनको नाममा भड्किलो परम्परा बढिरहेको ले यसलाई भड्किलो नबनाई सामाजिक सस्कृतिक र परम्परागत रुपमा अगाडि बढाउनु पर्ने सन्देश दिन आफुले जन्मदिन विद्यार्थी संग विद्यालयमा मनाएको उहाँको भनाइ छ । विद्यार्थी लाई हौसला र शैक्षिक क्षेत्र को प्रोत्साहन गर्न समेत अभिभावक बाट यस्ता क्रियाकलाप गर्नु पर्नेमा विद्यालय परिवारले जोड दिएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update