Sagun Khabar
महाकाली भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन 

बैतडी –बैतडीको सीमा नाका झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले चालु आर्थिक बर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षको दुई महिना बाँकी छँदै लक्ष्य भन्दा बढी राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयका प्रमुख अनिलकुमार झाले बताए । 

महाकाली भन्सार कार्यालयले चालु आर्थिक बर्षमा ५० लाख ८९ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर चालु आर्थिक बर्षको वैशाख महिनासम्म ६७ लाख ६१ हजार ४२४ रुपैयाँ राजस्व संकलन भएको महाकाली भन्सार कार्यालयका लेखापाल देवराज रानाले बताए । 

Atrya hospital

वैशाख महिनासम्म ४२ लाख २ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा बार्षिक लक्ष्य उछिनेको लेखापाल रानाले बताए । उनले भने ‘हामीले यो बर्ष वैशाखमै बार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएका छौं । अबको दुईमहिनामा थप राजस्व संकलन हुन्छ ।’

महाकाली भन्सार कार्यायले पछिल्ला ४ बर्ष यता पहिलोपटक लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । सीमा नाकामा कडाई गरेसंगै राजस्वमा वृद्धि भएको महाकाली भन्सार कार्यालयले जनाएको छ । 

झुलाघाट नाकाबाट आयात हुने विभिन्न सामग्रीमा लाग्ने करबाट राजस्व संकलन हुँदै आएको छ । उक्त नाकाबाट निर्यात भने शून्य रहेको छ । पहिला पहिला केही वस्तुहरु निर्यात हुने भएपनि पछिल्ला बर्षहरुमा निर्यात शून्य रहेको कार्यालय प्रमुख झाले बताए । 
 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update